KhabarUjyalo

कक्षा कोठामा हल्ला गरेको भन्दै ११ वर्षे विद्यार्थीमाथि निर्घात कुटपिट

१२ फाल्गुन २०८०, शनिबार
कक्षा कोठामा हल्ला गरेको भन्दै ११ वर्षे विद्यार्थीमाथि निर्घात कुटपिट

काठमाडौँ । सुर्खेतमा एक जना शिक्षिकाले ११ वर्षे विद्यार्थीलाई कक्षा कोठामा हल्ला गरेको भन्दै निर्घात कुटपिट गरेकी छिन् । वीरेन्द्रनगर नगरपालिका-११ मा रहेको नेपाल राष्ट्रिय चन्द्रगंगा माध्यामिक विद्यालयकी शिक्षिका चेतना भण्डारीले कक्षा ५ मा अध्ययनरत ११ वर्षीय छात्र ललित रेग्मीलाई कुटेको बालकका आफन्तले बताएका छन् ।

अंग्रेजी विषय पढाउने शिक्षिका भण्डारीले लट्ठीले पटक पटक हान्दा बालकको पाखुरा भन्दामाथि नीलडाम बसेको छ । विद्यार्थीलाई कुटेको घटना बिहीबार दिउँसो करिब १ बजेको भए पनि ढिलोगरि बाहिरिएको हो ।

शिक्षिकाले विद्यार्थीलाई कुटपिट गरिसकेपछि विद्यालयका अन्य शिक्षकहरूले विद्यालयमा लडेर चोटपटक लागेको भन्दै बालकलाई घरमै पुर्‍याउन गएका जनाइएको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo