KhabarUjyalo

कार्यसम्पादन मूल्यांकनमा सुदूरपश्चिम भरिमा अमरगढी नगरपालिका उत्कृष्ट !

१० फाल्गुन २०८०, बिहीबार
कार्यसम्पादन मूल्यांकनमा सुदूरपश्चिम भरिमा अमरगढी नगरपालिका उत्कृष्ट !

डडेल्धुरा – कार्य सम्पादन मूल्याङ्कनमा सुदूरपश्चिम प्रदेशभरीमा डडेल्धुराको अमरगढी नगरपालिका उत्कृष्ट पालिका रहेको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको विवरण अनुसार सुदूरपश्चिमका ८८ स्थानीयतहमध्ये अमरगढी नगरपालिका कार्यसम्पादन मूल्याङ्कनमा ४८.९९ अङ्क प्राप्त गरेर उत्कृष्ट पालिका बनेको हो ।

आयोगले कार्यसम्पादन मूल्याङ्कनका लागि १७ वटा सूचक राखेको थियो ।

जसमा २०८० असार १० गतेभित्र आर्थिक वर्ष २०८० र ८१ को राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ सभा तथा नगर सभामा पेस गरेर नगरेको, गाउँ कार्यपालिका नगर कार्यपालिकाले आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ सभा वाट २०७९ असार मसान्तभित्र पारित गरेर नगरेको, स्थानीय तहले आर्थिक वर्ष २०७९/०८० मा घर जग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन कर बाफत उठेको रकम मध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक रूपमा प्रदेश सञ्चित कोषमा जम्मा गरेर नगरेको लगायतका सूचक राखिएका छन ।

 

 

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo