KhabarUjyalo

नेपालले नामिबियालाई दियो १६९ रनको लक्ष्य

९ फाल्गुन २०८०, बुधबार
नेपालले नामिबियालाई दियो १६९ रनको लक्ष्य

काठमाडौँ । आईसीसी क्रिकेट वर्ल्ड कप लिग-२ अन्तर्गतको बुधबारको खेलमा नेपालले नामिबियालाई जितका लागि एक सय ६९ रनको लक्ष्य दिएको छ ।

 

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ३७.१ ओभरमा अलआउट हुनुअघि एक सय ६८ रनमात्र बनाउन सक्यो ।

नेपालका लागि आशिफ शेखले ५८ रन बनाए । कुशल मल्ल ३८, भीम शार्की २६, कुशल भुर्तेल १८, र करण केसीले १२ रन बनाए ।

नेपालका कप्तान रोहित पौडेल, अनिल साह र  देव खनाल शून्य रनमै आउट भए

 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo