KhabarUjyalo

मुलपानी मैदानमा आज नेपाल ‘ए’ क्रिकेट टिमको पहिलो खेल क्यानडाविरुद्ध खेल्दै

६ फाल्गुन २०८०, आईतवार
मुलपानी मैदानमा आज नेपाल ‘ए’ क्रिकेट टिमको पहिलो खेल क्यानडाविरुद्ध खेल्दै

काठमाडौं – नेपालमा पहिलो पटक घोषणा भएको नेपाल ‘ए’ क्रिकेट टिमले आज पहिलो खेल खेल्दैछ । नेपाल ‘ए’ टिमले आइतबारदेखि क्यानडाविरुद्ध तीन खेलको सिरिज खेल्न लागेको हो ।

यी सबै खेल मुलपानीस्थित क्रिकेट मैदानमा हुनेछन्। नेपाल ए टिमको कप्तान विनोद भण्डारी हुन् । मुख्य प्रशिक्षकको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिइएको छ । थप दुई खेल फागुन ८ र १० गते हुने क्यानले जनाएको छ।

क्यानले नेपाल ए टिममा अधिकांश युवा खेलाडीलाई स्थान दिएको छ। ज्ञानेन्द्र मल्ल र कमल अलीलाई प्रशिक्षकको जिम्मेवारी तोकिएको छ। यो टिममा प्रधानमन्त्री कप क्रिकेट र यू–१९ विश्वकप क्रिकेट खेलेर खाएका अधिकांश खेलाडीलाई समेटिएको छ। राष्ट्रिय टिम व्यस्त हुँदै गएपछि त्यसको ब्याकअपका रुपमा क्यानले नेपाल ‘ए’ घोषणा गरेको हो।

नेपाल ‘ए’ टिम
विनोद भण्डारी (कप्तान), प्रतिश जी.सी, आशुतोष घिरैया, रसिद खान, अर्जुन कुमाल, रिजन ढकाल, बशीर अहमद, सागर ढकाल, विवेक यादव, शाहब आलम, हेमन्त धामी, सन्दीप जोरा, किरण ठगुन्ना, शेर मल्ल, मयन यादव, सुजन थपलिया।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo