KhabarUjyalo

नेपाल र क्यानडाबीचको अन्तिम खेल आज

२९ माघ २०८०, सोमबार
नेपाल र क्यानडाबीचको अन्तिम खेल आज

नेपाल र क्यानडाबीचको तीन एकदिवसीय श्रृङ्खलाको अन्तिम खेल आज हुँदैछ। त्रिवि मैदान कीर्तिपुरमा हुने नेपाल र क्यानडाबीचको खेल अहिले बिहान ९ः१५ बजे सुरु हुनेछ।

आजको खेल अघि नै नेपालले सिरिज जितिसकेको छ। तर, आजको खेलमा जित हात पार्दै नेपाल सिरिज क्लिन स्विप गर्न चाहन्छ भने क्यानडा आजको खेलमा जित हात पार्दै आफ्नो लज्जास्पद हारको यात्रालाई रोक्न चाहन्छ।

नेपालले पहिलो खेलमा क्यानडालाई ७ रन र दोस्रो खेलमा ८ विकेटले पराजित गर्दै सानदार जित हात पारेको थियो।

सन् २०१८ मा पहिलो पटक एकदिवसीय मान्यता पाएपछि नेपालले क्यानडासँग पहिलो एकदिवसीय सिरिज खेलेको हो।

आइसिसी विश्वकप लिग–२ को तयारी स्वरुप भइरहेको खेलमा नेपाल रोहित कुमार पौडेलका कप्तानीमा मैदान उत्रने छ। पौडलसँगै नेपाली टिममा आशिफ शेख, कुशल भूर्तेल, देव खनाल, कुशल मल्ल, भीम शार्की, आरिफ शेख, पवन शर्राफ, सोमपाल कामी, रिजन ढकाल, सूर्य तामाङ, ललित राजवंशी, आकाश चन्द र अनील शाह रहेका छन्।

यस्तै साद बिन जफलरको कप्तानीमा रहेको क्यानडामा एरोन जोनसन, डिलन हेलिगर, दिलप्रित बजवा, हर्श थाकर, कलिम साना, नवनीत धलिवाल, निकोलश किर्टन, निखिल दत्त, पर्गत सिंह, शाहिद अहमदजइ, श्रीयस मोव्वा, श्रीमन्थ वीजेरत्ने, इशरजोत सोही र उदेय भगवान छन्।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo