KhabarUjyalo

डडेल्धुरा राष्ट्रपति रनिङ शिल्डको उपाधि परशुरामलाई

२८ माघ २०८०, आईतवार
डडेल्धुरा राष्ट्रपति रनिङ शिल्डको उपाधि परशुरामलाई

डडेल्धुराः डडेल्धुरामा सञ्चालित १४औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि परशुराम नगरपालिकाले हात पारेको छ।

अमरगढी नगरपालिका–४ टुँडिखेलमा आइतवार सम्पन्न प्रतियोगितामा २० स्वर्ण, १२ रजत र ७ कास्यसहित परशुरामले शिल्ड जितेको खेलकुद विकास समितिले जनाएको छ। १३औं शिल्ड पनि परशुरामलनैे जितेको थियो।

प्रतियोगितामा दोस्रो बनेको अमरगढीले १९ स्वर्ण, ७ रजत र १७ कास्य पदक जितेको छ। यस्तै अजयमेरु गाउँपालिकाले ८ स्वर्ण, १७ रजत र ११ कास्य जितेको छ। प्रतियोगिताको विजेता टिमलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo