KhabarUjyalo

क्यानडाले नेपाललाई दियो २८६ रनको लक्ष्य

२७ माघ २०८०, शनिबार
क्यानडाले नेपाललाई दियो २८६ रनको लक्ष्य

नेपालले क्यानडाविरुद्धको दोस्रो एकदिवसीय खेल जित्न २८६ रनको चुनौतीपूर्ण लक्ष्य पाएको छ। टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाएर २८५ रन बनाएपछि नेपालले जित्नलाई चुनौतीपूर्ण लक्ष्य पाएको हो।

खेलको सुरुवातमा उत्कृष्ट प्रदर्शन गरेको क्यानडाका लागि ओपनरद्वय आरोन जोनसन र नवनीत धलिवालले पहिलो विकेटका लागि ९४ रनको साझेदारी गरेका थिए। पहिलो विकेटका रूपमा नेपाली डेब्यू बलर आकाश चन्दले आउट गर्नुपूर्व नवनीतले ४६ रनको व्यक्तिगत स्कोर बनाएका थिए। यस्तै अर्का ओपनर आरोनले ६५ रन जोडे।

यस्तै सातौ नम्बरमा आएका ब्याटर श्रेयस मोभ्भाले। रन, तेस्रो रनमा आएका प्रगतसिंहले ३८, १० औं नम्बरमा आएका उदय भगवानले र चौथो नम्बरमा आएका निकोलस किर्तोनले २०/२० र छैठौं नम्बरमा ब्याटिङ आएका दिलप्रित बाज्वाले १९ रन जोडे।

नेपालका लागि कप्तान रोहित पौडेल र कुशल मल्लले २/२ विकेट लिदा सोमपाल कामी, आकाश चन्द, सूर्य तामाङ र पवन सर्राफले १/१ विकेट लिए।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo