KhabarUjyalo

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा क्यानडाविरुद्ध नेपालको ७ रनले विजयी !

२५ माघ २०८०, बिहीबार
एकदिवसीय शृङ्खलाको पहिलो खेलमा क्यानडाविरुद्ध नेपालको ७ रनले विजयी !

काठमाण्डाै – क्यानडासँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल ७ रनले विजयी भएको छ ।

नेपालले दिएको २ सय २५ रनको लक्ष्य पछ्याएको क्यानडा १३ बलअघि २ सय १७ रन बनाउँदा अल आउट भयो । १ सय ७४ रन बनाउँदा ४ विकेट गुमाएको क्यानडाले त्यसपछि ४३ रन जोड्दा ६ विकेट गुमायो । क्यानडाका निकोलस किर्तोनले ६८ र प्रगत सिंहले ५० रन बनाए । नेपालका कप्तान रोहित पौडेलले ४ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २ सय २४ रन बनायो । नेपालका कुशल भुर्तेलले अर्धशतक बनाए । भुर्तेल ५८ बलमा ६२ रन बनाएर आउट भए । यस्तै आरिफ शेखले ३८, सोमपाल कामीले २७, कुशल मल्लले २० रन बनाए । क्यानडाका उदय भगवानले ३ विकेट लिए ।

नेपाल र क्यानडाबीच ३ वटा खेलको शृङ्खलाको दोस्रो खेल पर्सि शनिवार र अन्तिम खेल सोमवार हुनेछ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo