KhabarUjyalo

डडेल्धुरामा अटो रिक्सा दुर्घटना हुँदा प्रहरी जवानसहित ६ जना घाइते

February 5, 2024
डडेल्धुरामा अटो रिक्सा दुर्घटना हुँदा प्रहरी जवानसहित ६ जना घाइते

डडेल्धुरा। डडेल्धुरामा अटो रिक्सा दुर्घटना हुँदा प्रहरी जवानसहित ६ जना घाइते भएका छन्। जिल्लाको अमरगढी नगरपालिका–८ कुकुल्लेकमा आइतवार बेलुकी १८ वर्षीय समिर भण्डारीले चलाएको सुदुरपश्चिम प्रदेश ६०६४ नम्बरको अटो दुर्घटना भएको हो।

घाइते हुनेमा प्रहरी चौकी पोखरामा कार्यरत प्रहरी जवान धर्मराज खत्री र १७ वर्षीय सिर्जना सार्की रहेको डडेल्धुराका प्रहरी प्रवक्ता कुसुम नायकले बताए। घाइते प्रहरी जवान खत्री र सिर्जना बाहेक अन्य चारजनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। तीव्र गतिमा रहेको अटो अनियन्त्रित भई दुर्घटना भएको हो।

[TheChamp-FB-Comments]

भर्खर

All Rights Reserved © Khabar Ujyalo