Khabar Ujyalo

निसर्ग हस्पिटलले फागुन महिना भरि निःशुल्क स्वास्थ्य शिविर

१२ फाल्गुन २०७७, बुधबार
निसर्ग हस्पिटलले फागुन महिना भरि निःशुल्क स्वास्थ्य शिविर


धनगढी –
 धनगढीमा रहेको सुविधा सम्पन्न निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले फागुन महिना भरि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । फागुन १ देखि पुरै महिना संचालन हुने शिविरमा नेपालगञ्ज मेडिकल कलेजमा काम गरिसकेका छाला, यौन, कुष्ठरोग तथा सौन्दर्य विशेषज्ञ डाक्टर सुमित पाण्डे, चितवन मेडिकल कलेज, चितवन र अल्का हस्पिटल, काठमाडौंका पूर्व कार्यरत नाक, कान, घाँटीरोग विशेषज्ञ डाक्टर सुमन थापा, न्युरो हस्पिटल बासबारी काठमाडौं र गण्डकी मेडिकल कलेज पोखरामा पूर्व कार्यरत वरिष्ठ न्युरो सर्जन डाक्टर सुरेश सापकोटाले सेवा दिइरहनु भएको छ ।

शिविर अवधीभर चर्म, यौन तथा सौन्दर्य विशेषज्ञ डाक्टरद्वारा शरीर चिलाउने, पुरानो दाद, कपाल खस्ने, तालु खुइलिने, कुष्ठरोग तथा नशा झमझमाउने , यौन रोगको उपचार तथा परामर्श सेवा प्रदान गरिने गरेको छ ।नाक, कान, घाँटी रोग विशेषज्ञ तथा हेड एण्ड नेक सर्जन डाक्टरद्वारा पिनास, नाकमा मासु पलाएको, टङसिल, कान कम सुन्ने, कान नसुन्ने, कानबाट पिप बग्ने समस्याको उपचार तथा अप्रेशन सेवा प्रदान गरिरहेका छन् ।न्युरो सर्जन विशेषज्ञ डाक्टरद्वारा टाउको दुख्ने, गर्दन, ढाड तथा कम्मर दुख्ने समस्या, नशा च्यापिएको वा दबेको समस्या, टाउको तथा मेरुदण्डको चोटलागेको समस्या, छारे रोग वा मृगीको समस्या, प्यारालाइसिस वा पक्षघातको समस्या, हातखुट्टा झमझम गर्ने वा लुलो हुने जस्ता समस्याको उपचार तथा अप्रेसन सेवा प्रदान गर्दै आएका छन् ।

स्वास्थ्य शिविर हरेक दिन बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन भइरहेकको हस्पिटलका अध्यक्ष तिर्थराज पन्तले जानकारी दिए ।अस्पतालले निःशुल्क स्वास्थ्य शिविर फाुगन महिनाभरी सञ्चालन गर्ने अध्यक्ष पन्तले बताए । शिविर सञ्चालन भए पनि अन्य समयमा हस्पिटलले पूर्णकालीन (२४ सै घण्टा) छाला, यौन, कुष्ठरोग तथा सौन्दर्य, नाक, कान, घाँटीरोग विशेषज्ञ र न्युरो सर्जन विशेषज्ञ सेवा पनि थप गरेको अध्यक्ष पन्तले जानकारी दिए ।शिविर अवधीभर ल्याब टेस्टलगाएत सम्पूर्ण जाँचहरुमा २० प्रतिशत छुट र अप्रेशन शुल्कमा पनि २० प्रतिशत छुटको व्यवस्था गरिएको सञ्चालक कुवेर बहादुर शाहीले बताए ।

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.