२० असार २०७९, सोमबार

सर्वोच्चको संसद् पुनर्स्थापनाको फैसला ऐतिहासिक : कांग्रेस सभापति देउवा

११ फाल्गुन २०७७, मंगलवार
[Sassy_Social_Share]
सर्वोच्चको संसद् पुनर्स्थापनाको फैसला ऐतिहासिक : कांग्रेस सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद् पुनर्स्थापनाको फैसलालाई ऐतिहासिक भनेका छन् । सर्वोच्च अदालतले संसद् पुनःस्थापनाको फैसला गरेपछि उनले फैसलालाई ऐतिहासिक भनेका हुन् ।

सभापति देउवाले ट्विट गर्दै सर्वोच्चको अदालतलाई स्वागत गरेका छन् । उनले लेखका छन्, “सर्वोच्च अदालतको फैसला स्वागतयोग्य छ । मैले सुरुदेखिनै संसद् विघटनमा सर्वोच्चलाई स्वतन्त्र रुपमा फैसला गर्न सघाउनु पर्छ भन्दै आएको थिए । सोही अनुसार सर्वोच्च अदालतले स्वतन्त्र रुपमा संसद् पुनःस्थापना गर्ने ऐतिहासिक फैसला गरेको छ । कांग्रेस सर्वोच्चको उक्त फैसलाको स्वागत गर्दछ ।”

“संविधान कार्यन्वयनका क्रममा देखिने विवादहरु समाधान गर्ने अन्तिम थलो सर्वोच्च अदालतनै हो । सर्वोच्चले संसद् विघटन बदर गरेर संवैधानिक दायित्व पूरा गरेको छ,” सभापति देउवाले भनेका छन्, “यसका लागि सर्वोच्च अदालतको संवैधानिक इजालाशका न्यायाधीशहरुलाई पनि म धन्यवाद दिन चाहन्छु ।”

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo