KhabarUjyalo

सर्वोच्च अदालतको फैसला जनताको जित भयो : कांग्रेस

११ फाल्गुन २०७७, मंगलवार
सर्वोच्च अदालतको फैसला जनताको जित भयो : कांग्रेस

काठमाडौ :कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सर्वोच्च अदालतको फैसला जनताको जित भएको बताएका छन् ।

प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई सर्वोच्चले मंगलबार बदर गरिदिएपछि प्रवक्ता शर्माले यस्ताे बताएका हुन् । उनले सर्वाेच्चकाे फैसलाले अधिनायक आकांक्षालाई समेत बदर गरेको उल्लेख गरेका छन् । उनले फैसला सुनाउने न्यायाधीशहरुलाई सलाम भनेका छन् ।

प्रवक्ता शर्माले सामाजिक सञ्जालमा भनेका छन्, ‘न्यायमूर्तिहरुलाई लाख लाख सलाम ! संसद् विघटन असंवैधानिक ठहर गर्दै सिंगो देश आन्दोलनमा थियो, फैसलाले विघटनसँगै अधिनायक आकांक्षालाई समेत बदर गरेको छ l संविधान रक्षा गर्दै जनताको जित भएको छ ।’

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo