KhabarUjyalo

यू-१९ विश्वकप एसिया छनोट : आज नेपाल र कुवेत भिड्ने

१३ फाल्गुन २०७९, शनिबार
यू-१९ विश्वकप एसिया छनोट : आज नेपाल र कुवेत भिड्ने

काठमाडौँ। यूएईमा जारी रहेको आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले आज शनिबार कुवेतसँग खेल्दै छ ।

नेपालले आफ्नो दोस्रो खेलमा कुवेतको सामना गर्दैछ । खेल नेपाली समयअनुसार बिहान १०:४५ बाट सुरु हुनेछ ।

नेपाल लगातार दोस्रो जित निकाल्न चाहन्छ । पहिलो खेलमा शुक्रबार सिंगापुरलाई पराजित गरेको थियो ।

कुवेत भने पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा हङकङसँग पराजित कुवेत नेपाल माथि जित निकाल्न चाहन्छ ।

लामो समयको अन्तरालमा विश्वकपमा छनोट हुने लक्ष्यका साथ युएइ पुगेको नेपाली टोली जित निरन्तरता गर्न चाहन्छ।

नेपाली टोली बुधबार त्यसतर्फ गएको थियो । प्रतियोगितामा नेपालले देव खनालको कप्तानीमा खेल्नेछ । टोलीको मुख्य प्रशिक्षकमा जगत टमटा रहेका छन् । प्रतियोगितामा नेपालसहित सिंगापुर,कुवेत,हङकङ,मलेसिया र आयोजक यूएईको सहभागिता रहेको छ ।

नेपालले हङकङ विरुद्ध २७ तारिखमा तेस्रो खेल खेल्नेछ। तेस्रो खेलमा २८ तारिखमा मलेसियाको सामना गर्ने नेपालले २ मार्च घरेलु टोलीसॅंग खेल्नेछ।

राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलङ्कामा हुने यू-१९ विश्वकपका लागि छनोट हुनेछ।

नेपाली टिम-

देव खनाल (कप्तान) आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा (क) , दीपक बोहरा (ख) , उत्तम थापा मगर, दीपक डुम्रे, दिपेश कंडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, सुवास भण्डारी, विशाल विक्रम केसी, मिलन बोहरा, आकाश चन्द

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo