KhabarUjyalo

सन्दीप लामिछानेले युएईमा हुने खेलमा सहभागी हुन नपाउने

११ फाल्गुन २०७९, बिहीबार
सन्दीप लामिछानेले युएईमा हुने खेलमा सहभागी हुन नपाउने

धनगढी ।  आईसीसी क्रिकेट विश्वकप लिग टुको युएईमा हुने खेल खेल्न सन्दीप लामिछाने नजाने भएका छन् । नेपाल क्रिकेट संघ क्यानले युएई जाने खेलाडीको सूचीमा सन्दीप लामिछानेको ठाउँमा प्रतिस जिसीलाई राखेको छ ।

कानुनी अड्चन हुने भएपछि विदेशमा हुने सिरिजका लागि क्यानले सन्दीपको समावेश नै नगरेको स्रोतले बताएको छ ।

नेपालले लिग टु अन्तर्गत १५ देखि २२ फागुनसम्म युएई र पपुवा न्युगिनीसँग खेल्दैछ । १५ गते पहिलो खेल पपुवा न्युगिनीसँग खेल्ने नेपाली टोली १३ गते नै युएई जाँदैछ ।

नाबालिग बलात्कारको आरोप लागेका सन्दीप लामिछानेको मुद्धा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ । उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाडेपछि क्यानले घरेलु मैदानमा भएको स्कटल्याण्ड र नामिबियाविरुद्धको खेलमा भने उनलाई टिममा राखेको थियो ।

उच्च अदालतले धरौटीमा छाड्ने आदेश दिँदा सन्दीपलाई विदेश जान नपाउने उल्लेख गरेको थियो ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo