KhabarUjyalo

धनगढीमा छैटौँ मुख्यमन्त्री अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्ड कप हुँदै

११ फाल्गुन २०७९, बिहीबार
धनगढीमा छैटौँ मुख्यमन्त्री अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्ड कप हुँदै

कैलाली । कैलालीको धनगढीमा छैटौँ मुख्यमन्त्री अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्ड कप हुने भएको छ । आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लवले प्रतियोगिताको तयारी सुरु भइसकेको जानकारी दिएको हो ।

क्लबका अध्यक्ष सुरेश हमालले प्रतियोगिताको मिति अझै निर्धारित नभए पनि प्रतियोगिता हुने बारे पत्रकारहरूलाई जानकारी दिएका छन् । उनले प्रतियोगितामा २ विदेशी टिम सहित १० टिमको सहभागिता हुने बारे पनि जानकारी दिए ।

यसबिच आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लब र प्रदेश खेलकुद परिषद्बिच छैटौँ मुख्यमन्त्री अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्ड कपबारे समझदारीको हस्ताक्षर भएको छ ।

खेलकुद परिषद् अध्यक्ष दीपक बहादुर सिंहले प्रतियोगिता आयोजना गर्ने बारे आवेदन खुल्ला गरिएको र आवेदनका आधारमा सुदूरपश्चिम ११ स्पोर्स क्लबसँग सहकार्य हुन लागेको जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशमा सबे खेलहरूको सम्भावना रहेको भन्दै प्रदेश सरकारले पनि खेलकुदलाई प्राथमिकता दिएको सिंहको भनाइ थियो।

facebook sharing button
twitter sharing button
sharethis sharing button

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo