KhabarUjyalo

रवीन्द्र मिश्रको सुझाव- राष्ट्रप्रमुखका रूपमा राजा ज्ञानेन्द्रलाई अघि सारौं

१० फाल्गुन २०७९, बुधबार
रवीन्द्र मिश्रको सुझाव- राष्ट्रप्रमुखका रूपमा राजा ज्ञानेन्द्रलाई अघि सारौं

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले भावी राष्ट्रप्रमुखमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई अघि सार्नु उपयुक्त हुने सुझाव दिएका छन् । राष्ट्रपतिका लागि ‘होलीवाइन’ देखि ‘विदेशी एजेन्ट’ सम्मका नाम चर्चामा आइरहेको भन्दै उनले बरु ‘राजा’ लाई नै राष्ट्रप्रमुखको भूमिका दिन सकिने विकल्प सुझाएका हुन् ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै मिश्रले राष्ट्रपतिलाई राजनीतिभन्दा माथिको पद भनिए पनि राष्ट्रपतिको भूमिका सदा पार्टीग तबनेको बताएका छन् । सेनाबाहेक देशका सबै संस्था क्षयीकृत भएको, धर्मसंस्कृतिमाथि धावा बोलिएको र देश अन्तर्राष्ट्रिय भूराजनीतिको चपेटामा परेको उनको निस्कर्ष छ ।

मिश्रले लेखेका छन्, ‘यस्तो अवस्थामा कहिले ‘होली वाइन’, कहिले ‘विदेशीका एजण्ट’, कहिले ‘नातावादमा लिप्त’, कहिले ‘भ्रष्ट’ र ‘राष्ट्रघातमा अभ्यस्त’हरूको नाम राष्ट्रपतिको पदका लागि चर्चामा छ । राष्ट्रपतिको संस्था भनेको संकटको घडीमा आड दिने ‘कुशन’ हुनु पर्ने हो। तर त्यो कुशासनको केन्द्रविन्दू बनेको छ। देश नै निरन्तर कमजोर, वदनाम र संकटउन्मुख बन्दै गएको अवस्थामा राजा ज्ञानेन्द्रलाई ‘राष्ट्रप्रमुख’ का रूपमा किन अघि नसार्ने ?’

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo