KhabarUjyalo

मैले कति योगदान दिएँ थाहा छैन, तर मेरो देशले जितेको छ : सन्दीप लामिछाने

१० फाल्गुन २०७९, बुधबार
मैले कति योगदान दिएँ थाहा छैन, तर मेरो देशले जितेको छ : सन्दीप लामिछाने

काठमाडौं । नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेले ६ महिनापछि घरेलु मैदानमा भएको त्रिकोणात्मक श्रृंखलाबाट क्रिकेटमा कमब्याक गरे । चार खेलको श्रृंखला नेपालले क्लिनस्वीप गर्दा उनले बलिङबाट महत्वपूर्ण योगदान दिएका छन् ।

सन्दीपलाई दर्शकले निकै समर्थन र हौसला दिएका थिए । आज सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले दर्शकप्रति आभार प्रकट गरेका छन् । मैदानमा दर्शकलाई अभिवादन गरेको तस्वीर सहित उनले स्टाटस लेखेका हुन् ।

सन्दीपले भनेका छन्, ‘मैले कति योगदान गर्न सकेँ थाहा थाहा छैन तर मेरो देशले क्रिकेट जितेको छ।। यो साथ यो मायाको लागि सम्पूर्णमा हृदयदेखी आभारी छु।’

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo