KhabarUjyalo

स्कटल्याण्डमाथि नेपालको रोमाञ्चक जित

९ फाल्गुन २०७९, मंगलवार
स्कटल्याण्डमाथि नेपालको रोमाञ्चक जित

काठमाडौं । लिग टू क्रिकेटमा नेपालले स्कटल्याण्डमाथि रोमाञ्चक जित निकालेको छ । २ विकेटको यो जितसंगै नेपालले सिरिज क्लिन स्वीप गरेको छ ।

यसअघि टस हारेर पहिले ब्याटिङ्ग गरेको स्कटल्याण्डले ४६.१ ओभरमा अलआउट हुँदै २१२ रनको योगफल तयार थियो

स्कटल्याण्डका लागि जर्ज मुन्सेले ५० बलमा ९ चौका र २ छक्काको सहयोगमा ६० रनको अर्धशतकीय इनिङ्ग खेले भने म्याथ्यू क्रस ६३ बलमा ४ चौका र १ छक्कासहित ४३ रनमा ४३ रन जोडे ।

ब्रान्डन म्याकमुलेनले ३१, काइल कोट्जर र क्रिस्टोफर म्याकब्राइडले समान २२(२२ रन जोडे । बलिङ्गतर्फ नेपालका लागि सन्दीप लामिछाने एक्लैले ४ किवेट लिदा करण केसीले ३ तथा ललित राजवंशी र कुशल मल्लले समान १(१ किवेट लिए ।

पहिलो खेलमा नेपालले नामिबियालाई २ विकेटले पराजित गर्दा स्टकटल्याण्डले पनि पहिलो खेलमा नामिबियालाई नै १० विकेटले पराजित गरेको थियो ।

दोश्रो खेलमा स्कटल्याण्डलाई ३ विकेटले पारजित गरेको नेपालले तेश्रो खेलमा नामिबियालाई ३ विकेटले पराजित गरेको थियो । यता आफ्नो दोश्रो खेलमा नेपालसँग पराजित स्कटल्याण्डले सोमबार भएको तेश्रो खेलमा नामिबियालाई ४३ रनले पराजित गरेको थियो ।

हालसम्म एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालले स्कटल्याण्डलाई ३ खेलमा हराएको छ । गत वर्ष अर्थात् १३ जुलाई २०२२ मा भएको लिग टु अन्तर्गतकै खेलमा नेपालले पहिलो पटक टल्याण्डलाई ५ विकेटले हराएको थियो । नेपालले स्कटल्याण्डबिरुद्ध तीन खेलमा हार व्यहोरेको छ।

सात राष्ट्र सम्मिलित लिग अन्तर्गत ३६ खेलमध्ये २१ मा जित र ९ मा हारको नजिताका साथ ५० अंकसहित शीर्ष स्थानमा रहको स्कटल्याण्ड लिग टु को च्याम्पियन बनिसकेको छ । यता २८ खेलबाट २६ अंक जोडेको नेपाल छैठौं स्थानमा रहेको छ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo