काठमाडौं । आईसीसी विश्वकप लिग–२ को अन्तिम खेलमा नेपालले चौथो विकेट लिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डविरुद्धको जारी खेलमा स्पिनर सन्दीप लामिछाने एक्लैले चौथो विकेट लिएका हुन् ।
घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको स्कटल्यान्डले २३ ओभरको समाप्तीमा ५ विकेटको क्षतिमा १ सय २४ रन बनाएर खेलिरहेको छ ।
सन्दीपले एक्लैले ४ विकेट लिए भने कुशल मल्लले एक विकेट लिएका छन् । अहिले क्रिजमा म्याथु क्रस १४ र ब्रान्डोन म्याकमुलेन ३ रनमा नटआउट छन् ।
स्कटल्यान्डको ओपनर केर्ली कोट्जर २२ रनमा सन्दीपको बलमा एलबीडब्लु धरापमा परे। पहिलो विकेटका लागि ओपनर कोट्जर र जर्ज मुन्सेले ४२ रनको साझेदारी गरेका थिए।
सन्दीपले सातौ ओभरको पाँचौ बलमा ओपनर कार्ल कोट्जरलाई एलबीडब्लु धरापमा पारेका थिए। सन्दीपले नै १३ औ ओभरको पाँचौँ बलमा जर्ज मुन्सेलाई बोल्ड आउट गर्दै पवेलियनको बाटो देखाएका थिए।
नेपालविरुद्ध आक्रामक ब्याटिङ गरिरहेका मुन्सेले ५० बलमा ९ चौका र २ छक्का मद्धतमा ६० रन बनाएका थिए। नेपालविरुद्ध पहिलो खेलमा आराम दिइएको मुन्सेलाई स्कटल्यान्डले आजको खेलमा मैदान उतारेको थियो ।
सन्दीपले १४ औँ ओभरको अन्तिम बलमा कप्तान रिची बेरिङटोनलाई एलबीडब्लु धरापमा पारे। रिची पहिलो बलमा नै आउट भए। कुशलले २०।२ ओभरमा म्याक ब्राइडलाई २२ रनमा एलबीडब्लु धरापमा पारे ।
सन्दीपले नै २१.३ ओभमार थोेमस म्याकिन्टोसलाई १ रनमा सन्दीप जोराको हातबाट ब्याच आउट गराए ।
