KhabarUjyalo

सिरिजको अन्तिम खेल आज नेपाल स्कटल्यान्डविरुद्ध भिड्दै

९ फाल्गुन २०७९, मंगलवार
सिरिजको अन्तिम खेल आज नेपाल स्कटल्यान्डविरुद्ध भिड्दै

काठमाडौँ,९ फागुन । आइसिसी विश्वकप लिग-२ अन्तर्गत घरेलु सिरिजको अन्तिम खेलमा नेपाल मंगलबार स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। अघिल्ला तीन खेलमा नै जित निकालेको नेपाल सिरिजको चौथो खेल पनि जित्दै आफ्नो नयाँ इतिहास बनाउने सुरमा मैदानमा उत्रिने छ।

विश्वकप लिग-२ च्याम्पियन बनेको स्कटल्याण्डविरुद्ध नेपालको खेल टियु मैदानमा बिहान ९ बजेबाट सुरु हुने छ। २०१९ देखि सुरु विश्वकप लिग-२ मा स्कटल्याण्डले मंगलबार आफ्नो अन्तिम खेल खेल्दै छ।

तीन खेल बाँकी रहँदै लिग-२ च्याम्पियन बनेको स्कटल्याण्डले मंगलबारको नेपालको खेल पछि नै लिग २ ट्रफी पाउने छ। शुक्रबारको पहिलो खेलमा स्कटल्याण्डलाई ३ विकेटले हराएको नेपाल मंगलबारको खेलमा पनि सोही लयलाई निरन्तरता दिन चाहन्छ।

स्कटल्यान्डलाई पराजित गरेमा नेपाल २०१९ देखि सुरु आइसिसी विश्वकप लिग २ मा आफ्नो घरेलु भूमिमा आयोजित त्रिकोणात्मक सिरिजमा शतप्रतिशत नतिजा निकाल्ने पहिलो टोली बन्ने छ। मंगलबारको खेलमा स्कटल्याण्डलाई पराजित गर्न सकेमा नेपालले आफ्नो एकदिवसीय क्रिकेटको इतिहासमा पहिलो पटक लगातार चार खेल जित्ने कीर्तिमान समेत बनाउने छ।

नेपाल २७ खेलमा ११ मा जित र १४ मा हारसहित २४ अंकका साथ छैटौँ स्थानमा छ। बाँकी रहेको ९ खेलमा कम्तीमा ६ खेल जितेमा नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम हुनेछ। शीर्ष तीनमा पर्दै सिधा विश्वकप छनोटमा स्थान बनाउँन नेपालले सबै खेल जित्नुपर्ने छ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo