KhabarUjyalo

स्पट फिक्सिङको आरोपमा आलमसहित ५ जनाविरुद्ध मुद्दा दर्ता

८ फाल्गुन २०७९, सोमबार
स्पट फिक्सिङको आरोपमा आलमसहित ५ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौँ । काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले स्पट फिक्सिङ गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।

काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले सोमबार मेहबुब आलम र आदिल अन्सारी, नितेश शाह, नवीन कँडेल र रवि माझीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा गत पुस ९-२७ सम्म भएको नेपाली टी-२० लिगमा भएको स्पट फिक्सिङबारे सीआईबीले अनुसन्धान गरेपछि काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको हो ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo