KhabarUjyalo

बयानका लागि अरुण चौधरीलाई अदालत लगियाे

३ फाल्गुन २०७९, बुधबार
बयानका लागि अरुण चौधरीलाई अदालत लगियाे

धनगढी । निलम्बित प्रतिनिधिसभा सदस्य अरुण चौधरीलाई बयानका लागि जिल्ला अदालत कैलाली पुर्‍याइएको छ ।

१९ माघमा बाँकेबाट पक्राउ परेका थिए ।कैलाली २ बाट निर्वाचित चौधरीलाई रिहाइको माग गर्दै २२ गते उच्च अदालत दिपायलमा उत्प्रेषण परमादेश र २७ मा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरिएको थियो । २९ गते देशबहादुर सार्कीको इजलासमा परेको बन्दी प्रत्यक्षीकरण रिटमा आज अरुण चौधरीलाई बयानका लागि जिल्ला अदालत उपस्थित हुन आदेश जारी गरिएको थियो ।

उच्च अदालत दिपायलमा सुनुवाइ भइरहेको उक्त मुद्दामा चौधरीले कैलाली अदालतबाटै भिडियो प्रविधि मार्फत बयान दिने छन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo