KhabarUjyalo

राजर्षि जनक कप फुटबल प्रतियोगितामा सुदूरपश्चिम ११ सेमिफाइनलमा प्रवेश Sudurpaschim 11 entered the semifinals of the Rajarshi Janak Cup football tournament

२ फाल्गुन २०७९, मंगलवार
राजर्षि जनक कप फुटबल प्रतियोगितामा सुदूरपश्चिम ११ सेमिफाइनलमा प्रवेश Sudurpaschim 11 entered the semifinals of the Rajarshi Janak Cup football tournament

धनगढी । सुदूरपश्चिम ११ सडन डेथमा चर्च ब्वाइज युनाइटेडलाई पराजित गर्दै राजर्षि जनक कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको क्वार्टरफाइनलमा सुदूरपश्चिम–११ ले चर्च ब्वाइजलाई सडनडेथमा ७–६ गोलअन्तरले पराजित गर्दै अन्तिम चारको स्थान पक्का गरेको हो । प्रतिस्पर्धाको निर्धारित ९० मिनेट र त्यसपछिको अतिरिक्त २० मिनेटको समयमा पनि दुवै पक्षले गोल गर्न सकेनन् । गोलरहित भएको क्वार्टरफाइनलको खेल टाइब्रेकर र सडनडेथबाट भएको हो ।

टाइब्रेकरमा समेत सुदूरपश्चिम र चर्च ब्वाइजले ४–४ को बराबरी गोल गरेका थिए । त्यसपछि सडनडेथमा प्रतिस्पर्धाको छिनोफानो भयो । खेलमा चर्च ब्वाइज अभागी साबित भएको हो । सडनडेथमा चर्च ब्वाइजका खेलाडी सविन खड्काको प्रहार गोलपोस्टको नजिक हुँदै बाहिरिएको थियो । त्यसपछि सुदूरपश्चिम–११ का गगनदीप सिङले गोल गर्दै टोलीलाई जित दिलाए ।

प्रतिस्पर्धामा दुवै टोलीले गोल गर्न निकै कोसिस गरेका थिए । केही राम्रो अवसर सिर्जना भएको थियो । दुवै टोलीका डिफेन्डरले उत्कृष्ट प्रदर्शन गर्दा निर्धारित र थप भएको समयमा गोल निस्किएन । यसैबीच, मैदानमा खेलाडीबीचको तालमेल मिलेको थिएन ।

सुदूरपश्चिम–११ का गगनदीप सिङले म्यान अफ दी म्याच हुँदै १० हजार रुपैयाँ हात पारेका छन् । सुदूरपश्चिम–११ ले ३ फागुनमा हुने अन्तिम क्वार्टरफाइनल खेलका विजेतासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको अन्तिम क्वार्टरफाइनल खेल आयोजक बागमती युवा क्लब र मच्छिन्द्र फुटबल क्लबबीच हुनेछ ।

मंगलबारको तेस्रो क्वार्टरफाइनलमा संकटा क्लब काठमाडौंले नव जनजागृति युवा क्लब सिमराको सामना गर्ने आयोजकले जनाएको छ । ७ फागुनसम्म चल्ने प्रतियोगिताका विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछन् ।

Dhangadhi. Sudurpaschim 11 entered the semifinals of the Rajarshi Janak Cup football tournament after defeating Church Boys United in sudden death. In the quarterfinals of the tournament, Sudurpaschim-11 defeated the Church Boys by 7-6 in sudden death and secured the place in the last four. Both sides failed to score during the scheduled 90 minutes and the extra 20 minutes of the match. The scoreless quarterfinal match was played by tiebreaker and sudden death.

Even in the tiebreaker, Sudurpaschim and Church Boys scored 4-4. Then the competition broke out in Sudden Death. Church Boys proved unlucky in the match. In sudden death, Church Boys player Savin Khadka’s shot went close to the goal post. Then Gagandeep Singh of Sudurpaschim-11 scored a goal and gave the team victory.

Both teams tried hard to score in the competition. Some good opportunities were created. The defenders of both the teams performed well and the goals did not come out in the scheduled and extra time. Meanwhile, there was no harmony between the players on the field.

Gagandeep Singh of Sudurpaschim-11 won Rs 10,000 through man of the match. Sudurpaschim-11 will compete in the semi-finals against the winner of the last quarter-final match on February 3. The last quarter-final match of the tournament will be between the host Bagmati Yuva Club and Machindra Football Club.

Sankata Club Kathmandu will face Nava Janajagruti Yuva Club Simra in the third quarter-final on Tuesday, according to the organizers. The winner of the competition, which will run until February 7, will get Rs 10 lakh and the runner-up will get Rs 5 lakh.

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo