KhabarUjyalo

भारतलाई हराउँदै नेपाल फाइनलमा Nepal beat India in the final

२४ माघ २०७९, मंगलवार
भारतलाई हराउँदै नेपाल फाइनलमा Nepal beat India in the final

काठमाडौं । नेपाल बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल प्रवेश गरेको छ ।

ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा मंगलबार भारतलाई ३-१ गोल अन्तरले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।

नेपालको जितमा अन्जली चन्द, प्रिती राई र अमिषा कार्कीले एक एक गोल गरिन् ।

भारतकी अपूर्ण नार्जारीले गोल गरिन् ।

नेपालले एक गोलको सुरुआती अग्रता उल्टाएर भारतलाई हराएको हो ।

खेलको २० औं मिनेटमा अपूर्ण नार्जारीले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएकी थिइन् ।

तर, खेलको दोस्रो हाफमा नेपाल खेलमा फर्कियो ।

खेलको ४८ औं मिनेटमा अन्जली चन्दले गोल गर्दै नेपाललाई १-१ गोलको बराबरीमा ल्याईन् ।

खेलको ६९ औं मिनेटमा कप्तान प्रिती राईले पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई २-१ को अग्रता दिलाईन् ।

त्यसपछि खेलको ८९ औं मिनेटमा अमिषा कार्कीले गोल गर्दै नेपाललाई ३-१ को जित दिलाईन् ।

Kathmandu. Nepal has entered the finals of the SAFF U-20 Women’s Championship in Bangladesh.

Nepal reached the final after defeating India by 3-1 at Bir Shrestha Shahid Sepahi Mustofa Kamal Stadium in Dhaka on Tuesday.

Anjali Chand, Priti Rai and Amisha Karki scored one goal each in Nepal’s win.

India’s incomplete Narjari scored the goal.

Nepal overturned the initial lead of one goal and defeated India.

In the 20th minute of the match, Najali Narjari scored the goal and gave India an early lead.

However, Nepal returned to the game in the second half of the game.

Anjali Chand scored a goal in the 48th minute of the game and brought Nepal to a 1-1 draw.

In the 69th minute of the game, captain Priti Rai scored a penalty and gave Nepal a 2-1 lead.

Then Amisha Karki scored a goal in the 89th minute of the game and gave Nepal a 3-1 win.

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo