काठमाडौ : चर्चित गायिका एलिना चौहानको जस्तै आवाज भएकी महोत्तरीको बर्दीबासकी स्नेहा क्षेत्रीको पहिलो गीत फेमेल भर्जनमा ‘तिम्रो आखाको परेलिले’ सार्वजनिक भएको छ ।
मीठो स्वर भएकी स्नेहाको आवाज गायिका एलिना जस्तै आवाज रहेको भनी सामाजिक संजालमा चर्चा आएसङ्गै उनले पहिलो अफिसियल गीत ‘तिम्रो आखाको परेलिले’ ल्याएकी हुन् ।
गितमा कृष्ण थापाको शब्द रहेको छ । हिमाल श्रेष्ठले कम्पोज गरेका छन भने बुद्ध स्यान्बाले एरेन्ज गरेका छन् ।
म्युजिक भिडियो हिमाल श्रेष्ठको अफिसियल युट्युब च्यानलमा सार्वजनिक भएको छ । भिडियोमा स्नेही नै फिचर्ड रहेकी छन् । म्युजिक भिडियोको सम्पादन सुदिप श्रेष्ठले गरेका छन् भने निर्देशन रुविन श्रेष्ठको रहेको छ ।
स्नेहा टेलीसिरियल कलाकार समेत हुन् । विभिन्न टेलीसिरियलमा अभिनय गरि सकेकी छन् । अहिले नारी टेलिसिरियल अभिनय गर्दै आएकी छन् ।
पछिल्लो समय सामाजिक संञ्जालमा उनले गाएका कभर गित भाईरल भएका छन् । धेरैले एलिना जस्तै आवाज रहेको प्रतिक्रिया दिएका छन् । सांगीतिक क्षेत्रमा छोटो समयमै लोभलाग्दो सफलता हात पारेकी एलिना चौहानलाई भेट्ने इच्छा रहेको उनले प्रतिक्रिया दिएकी छन् ।
