KhabarUjyalo

एनसेलको नयाँ भर्सन एप डाउनलोड गर्दा १ जीबी डाटा सित्तैमा !

१० फाल्गुन २०७७, सोमबार
एनसेलको नयाँ भर्सन एप डाउनलोड गर्दा १ जीबी डाटा सित्तैमा !

काठमाडौं । एनसेलले आफ्नो एपको नयाँ भर्सन सार्वजनिक गरेको छ । कम्पनीले आफ्ना ग्राहकका लागि सजिलै विभिन्न सेवा लिन सकिने र आवश्यकता अनुसार सेवाहरु सुचारु गर्न सकिने गरी एपको नयाँ भर्सन ल्याएको हो ।

नयाँ भर्सनसँगै एनसेलले यो एप डाउनलोड गर्ने प्रत्येक नयाँ ग्राहकलाई १ जीबी डेटा निःशुल्क प्रदान गरिने जनाएको छ । यो नयाँ संस्करण कम्पनीले आफ्नो अभियान ‘फास्ट फरवार्ड लाइफ’ अन्तर्गत ल्याएको हो ।

यो अभियानले भविष्यको पुनःकल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडि बढ्न अभिप्रेरित गर्दछ । एपको नयाँ संस्करण प्रयोग गर्ने ग्राहकले अब सजिलै आफ्नो मोबाइलबाटै अनलाइन रिचार्ज, आफूलाई मनपर्ने भ्वाइस र डेटा प्याकहरु तत्कालै सुचारु गर्ने लगायत विभिन्न सुविधा पाउनेछन् ।

एप डाउनलोड भएपछि ग्राहकले आफूलाई सुहाँउदो सेवा, सुविधाहरुको सुझाव एपको मूख्य स्क्रिनमा नै पाउने छन् । साथै एपको मूख्य स्क्रिनको तल्लो भागमा रहेको शप आइकनमा क्लिक गरी आफ्नो आवश्यकता अनुसारको डेटा र भ्वाइस प्याकहरु लिन सकिन्छ ।

त्यसैगरी यो संस्करणमा एपमार्फत ग्राहकले गुनासो दर्ता, मासिक बिल र सेवा खपतको ट्रयाकिङ लगायतका कार्यहरु पनि गर्न सक्छन् । यसमा सहज रुपमा सेवा खरिद गर्ने वा पहिले नै लिएको सेवा बन्द गर्न सकिने सुविधा पनि छ ।

नयाँ संस्करणबाट ग्राहकले एनसेलको सेवा, सुविधाहरु एउटै प्लेटफर्मबाट आफै स्वतःस्फुर्त रुपमा प्रयोग गर्न सक्छन् । एपमा आफुलाई चाहिएको प्याक सजिलै फिल्टर गरी छान्न सक्ने सुविधा पनि रहेको छ ।

यसबाट यूएसएसडी कोड बिना नै सेवाहरु सुचारु गर्न मिल्छ । उत्कृष्ट ग्राहक सेवा प्रदान गर्न एनसेल सदैव तत्पर रहेको कम्पनीले बताएको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo