धनगढी : गायिका जेसिका खड्काले नयाँ गित ‘जेसिका’ बजारमा ल्याएकी छन् । गितमा रमेश मिसनले साथ दिएका छन् । गितको शब्द रमेश मिसन कै रहेको छ । म्युजिक एरेन्ज कुमार थापा रहेका छन् ।
म्युजिक भिडियोको फिचर्डमा जेनिसा खड्का रहेकी छन् म म्युजिक भिडियो आफ्नै युट्युब च्यानल जेनिसा खडकाबाट सार्वजनिक गरेकी छन् । तेस्रो लिङ्गी सुन्दरी समेत रहेकी उनी बिदेशमा गएर ट्रान्सजेन्डर गरेर महिला बनेकी हुन् । उनी महिला र पुरुष दुवैको स्वरमा गित गाउने गर्छिन । जेसिका खड्काको आइटम डन्स धेरै दर्शकले उति नै मन पराउदै आएका छन् । सुदूरपश्चिममा विभिन्न नृत्य कार्यक्रममा सहभागी हुँदै आएकी छन् ।