KhabarUjyalo

कञ्चनपुरमा कबड्डी नखेल्नेको भन्दै प्रिन्सिपलले छात्रामाथि कुटपिट,टाउँको, शरीर र हातमा चोट

१० फाल्गुन २०७७, सोमबार
कञ्चनपुरमा कबड्डी नखेल्नेको भन्दै प्रिन्सिपलले छात्रामाथि कुटपिट,टाउँको, शरीर र हातमा चोट

धनगढी : कञ्चनपुरमा कबड्डी नखेल्नेको भन्दै प्रिन्सिपलले छात्रामाथि कुटपिट गरेका छन्।

जिल्लाको भीमदत्तनगरपालिका –९ मटैना स्थित बैजनाथ–सिद्धनाथ माध्यामीक विद्यालयका प्रधानाध्यापक खड्क सिंह विष्टले कक्षा ९ मा अध्ययनरत मनिसा नाथलाई कुटपिट गरेका हुन्।

प्रिन्सिपलले विष्टले कबड्डी खेलमा सहभागिता नभएको भन्दै मनिसामाथी कुटपिट गरेको उनका आफ्न्तले जनाएका छन् । प्रिन्सिपलको कुटपिटबाट उनको टाउँको, शरीर र हातमा चोट लागेको छ।

महाकाली अस्पतालमा उपचार हुन नसके पछि धनगढी रेफर गरिएको कंचनपुर प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागि प्रिन्सिपल बिस्टलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo