KhabarUjyalo

भारतबाट आज १० लाख डोज खोप नेपाल आउँदै

९ फाल्गुन २०७७, आईतवार
भारतबाट आज १० लाख डोज खोप नेपाल आउँदै

काठमाडौ : नेपालले भारतसँग खरिद गरेको कोरोनाविरुद्वको २० लाख डोज खोपमा आज १० लाख डोज नेपाल आउँदैछ ।

खरिद गरिएको भारतको सिरम कम्पनीले उत्पादन गरेको खोपमा पहिलो लटमा १० लाख डोज आज नेपाल आउन लागेको हो । सरकारले प्रति डोज ४ डलरमा २० लाख खोप किन्ने सम्झौता गरेको हो ।

१० लाख डोज खोप आज एयर इन्डियाको विमान मार्फत दिल्लीबाट काठमाडौं आइपुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  एयर इन्डियाको विमान दिउँसो साढे १ बजे नयाँदिल्लीबाट काठमाडौं प्रस्थान गर्ने छ ।

फागुन २३ गतेदेखि संचालन गर्ने दोस्रो चरणको खोप अभियानका लागि उक्त खोप ५५ वर्षभन्दामाथिका व्यक्तिलाई लगाइने छ ।

यसअघि भारतले अनुदानमा उपलब्ध गराएको १० लाख मात्रा ‘कोभिशिल्ड’ खोप गत माघ १४ गतेबाट लगाउन थालिएको हो ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo