KhabarUjyalo

सुर्खेतको वीरेन्द्रनगरमा बर्डफ्लु, भारतबाट कुखुरा ल्याउन प्रतिबन्ध

९ फाल्गुन २०७७, आईतवार
सुर्खेतको वीरेन्द्रनगरमा बर्डफ्लु, भारतबाट कुखुरा ल्याउन प्रतिबन्ध

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा बर्डफ्लु भित्रिएको छ । वीरेन्द्रनगर नगरपालिका–१२, स्थित नौलोटोलमा कृषकले पालेको स्थानीय कुखुरा र परेवामा बर्डफ्लु देखिएको हो ।

पशुसेवा विभागको केन्द्रीय प्रयोगशालाले सुर्खेतमा बर्डफ्लु पुष्टि गरेको पशुपन्छी विकास निर्देशनालय कर्णाली प्रदेशका सूचना अधिकारी कृष्णप्रसाद चपाईले बताए।

चपाईका अनुसार बर्डफ्लु पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलिन नदिई तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश र स्थानीय तहबाट जनशक्ति परिचालन गरिएको छ ।

रोग नियन्त्रणका लागि सहजीकरण गर्न केन्द्रबाटै पशु चिकित्सकको विज्ञ टोली खटाइएको छ ।

बर्डफ्लु देखिएपछि तत्काललाई भारतबाट कुखुरा ल्याउन प्रतिबन्ध लगाउने, शंकास्पद स्थानमा परीक्षण गर्ने र कुखुरा नष्ट गरेका कृषकलाई राहत वितरणलगायतका कार्यक्रमहरु गर्ने सूचना अधिकारी चपाईले बताए ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo