धनगढी : गायिक सुरज पण्डितले ‘रेलको बाटो’ गित बजारमा ल्याएका छन् । गितको शब्द लेखराज गिरीको रहेको छ भने संगीत सुरज पण्डित नै रहेका छन् । संगीत संयोजनमा कमल सौराग रहेका छन् ।
म्युजिक भिडियोमा दुर्गम क्षेत्र हुम्लामा मोटर बाटो नहुदा मानिसले खेप्नु परेको समस्या र राज्यले बिकासमा गरेको विभेदलाई दर्शाएको छ । शहरमा जस्तै गाउँमा कहिले बिकास होला ? बिकास हेर्ने पर्खाईमा रहेका छौं भनेको छ । राजनैतिक नेतृत्वले गरिबले भोगेका दु:ख समस्या भन्दा आफ्ना स्वार्थलाई प्राथमिकता दिदै आएका घटनालाई समेटिएको छ।
गीतको म्युजिक भिडियोमा दुर्गम जिल्ला हुम्लाका पिडा रहेका छन् ।
म्युजिक भिडियोको छायांकन ट्राभलर अविनाश, रेशमराज रोकाया,दाने बोहरा, हरिश महराले गरेका छन् ।सम्पादन लोकेश भाटले गरेका छन् भने निर्देशन गायक सुरज पण्डित नै गरेका छन् । म्युजिक भिडियो सुरज पण्डितको अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको छ।