KhabarUjyalo

सोमबार नेपाली बजारमा निशान म्याग्नाइट सार्वजनिक हुँदै,कति छ मुल्य ?

८ फाल्गुन २०७७, शनिबार
सोमबार नेपाली बजारमा निशान म्याग्नाइट सार्वजनिक हुँदै,कति छ मुल्य ?

काठमाडौ : फागुन १० गते नेपाली बजारमा निशान म्याग्नाइट सार्वजनिक हुँदै छ । नेपालका लागी निशान गाडीको आधिकारीक वितरक पायोनियर मोटोकर्पले नेपाली बजार मूल्य सहित सार्वजनिक गर्दै छ ।

निशान म्याग्नाइट फरक बिशेषताका साथ नेपाली बजारमा भित्रिने छ । जसमा सीएमएफ ए प्लस प्लाटफममा आउने यो लोभलाग्दो डिजाइन, जुन अगाडीको भागले थप आकर्षित गर्छ । बी प्रोजेक्टर हेडल्याम्प, एलइडी लाईट र आई सेप्ट एलइड फग ल्यापले अगाडीको भागलाई अकर्षक बनाएको छ ।

पछाडीको भाड कालो र रातो मिक्सले गाडीमा ध्यान खिच्न अझ मद्दत पुग्छ । यो गाडीले फोर्ड इकोस्पोट, मारुती सुजुकी, हुन्डाइ भेन्यु लगाएत गाडीसँग प्रतिस्पर्धा गर्ने छ । खासगरी यो गाडीमा ककपिट इन्टरफेस डिजाइन, एबिएस फिचर, भिडिसी, ड्यूल फ्रन्ड एयर व्याग, २०५ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ ।

निसान म्यागनाइटमा १.० लिटर पेट्रोल इन्जिनको दुईवटा भेरियन्टमा उपलब्ध हुनेछ । जसमा एउटा नेचुरली एस्पायर र अर्काे टर्बाेचार्ज्ड इन्जिन हुनेछ । ९९९ सिसि क्षमताको यो गाडीले ७१ बीपिएचमा ६२५० आरपीएम पावर जेनेरेट गर्छ ।

पाँच स्पिड म्यान्युयल गियर दिइएको छ भने ३३६ लिटर इन्धन क्षमता, प्रतिलिटर १८.७५ किलोमिटर माइलेज र पाँच सिटर क्षमता जस्ता फिचर यो गाडीमा रहेको छ । नेपाली बजारमा यो गाडी ओन्याक्स व्ल्याक, स्ट्रोम सेता, ब्राउन, सिल्भर लगाएतको कलरमा उपलब्ध हुँने छ ।

गाडी नेपाली सुरुवाती मूल्य २५ लाख ४४ हजार देखि ४२ लाख ७४ सम्म रहेको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo