KhabarUjyalo

नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय पेमेन्ट गेटवे ‘साइबर सोर्स’

८ फाल्गुन २०७७, शनिबार
नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय पेमेन्ट गेटवे ‘साइबर सोर्स’

काठमाडौं । नेपालमा पहिलोपटक भि󠅁त्रिएकाे कार्डमा आधारित अनलाइन भुक्तानी गेटवे प्रणाली साइबरसोर्सलाई गेटवे पेमेन्ट सर्भिस प्रालि नामक फिनटेक कम्पनीले नेपाली सेवाग्राहीमाझ पुर्‍याउने भएको छ ।

उक्त कम्पनीले नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) को सेवा तथा सुविधा गर्ने अनुमति प्राप्त गरेपश्चात् एनआईसी एसिया बैंकले ल्याएको अन्तर्राष्ट्रिय गेटवे प्रदायक कम्पनी साइबर सोर्स इंकको गेटवे प्रणालीलाई नेपालमा सरल डिजिटल भुक्तानी प्रणालीलाई प्रभावकारी बनाउने विश्वास लिइएकाे छ ।

यसबाट इच्छुक मर्चेन्टहरूले जुनसुकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकद्वारा प्रदान गरिएको कार्डहरूमार्फत भुक्तानी प्राप्त गर्न सक्ने प्रणाली सुचारु गर्न सक्नेछन् ।

हाल अमेरिका, चीन, भारत लगायत एसिया, युरोप र अफ्रिकाका विभिन्न देशहरूमा प्रयोग भइरहेको साइबरसोर्स गेटवे प्रणाली प्रयाेग भइरहेकाे छ ।

यस सुविधामार्फत ठूलो संख्यामा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्ड प्रयोगकर्ताहरूसँग देशमा रहेका विभिन्न मर्चेन्टहरूले व्यवसायिक सम्बन्ध कायम गरी सोझै आफ्नो बैंक खातामा भुक्तानी प्राप्त गर्न सक्नेछन् ।

यस सहकार्यबाट उक्त फिनटेक कम्पनीले नेपालमा भिसा, मास्टरकार्ड, यूनियन पे लगायतका कार्डहरूबाट भुक्तानी गर्न मिल्ने प्रणालीको विकास गर्न समेत सघाउ पुग्नेछ भने नेपालका ठूला तथा मझौला व्यापारीहरूको उत्पादित वस्तु तथा सेवाहरूको सर्वसुलभ रुपमा अन्तर्राष्ट्रिय बजारमा बिक्री वितरणमा सहयोग पुगी व्यवसायीहरूलाई आत्मनिर्भर बनाउने लक्ष्य लिइएको छ ।

समयअनुरुप परिष्कृत सेवा तथा सुविधा भित्र्याउन लागिरहेको बैंक र उक्त फिनटेक कम्पनी बीचको सहकार्यबाट आगामी दिनहरूमा देशका अन्य फिनटेक कम्पनीहरूसँग सहकार्य गर्दै आम नागरिकहरूसमक्ष डिजिटल बैंकिङ्गको पहुँच पुर्याउन सहयोग पुग्ने बताइएकाे छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo