KhabarUjyalo

फागुन ८ गते देखि लागू हुने गरी हवाई भाडादर बढ्यो

७ फाल्गुन २०७७, शुक्रबार
फागुन ८ गते देखि लागू हुने गरी हवाई भाडादर बढ्यो

काठमाडौं, फागुन ७ – नेपाल वायुसेवा संचालक संघले फागुन ८ गते शनिबारदेखि लागू हुने गरी हवाई भाडा बढाएको छ । आयल निगमले फागुन ४ गते राति १२ बजेदेखि लागू हुनेगरी हवाई इन्धनमा प्रति लिटर २ रुपैयाँ बढाउने निर्णय गरेसँगै संघले पनि हवाई भाडाको मूल्य बढाएको हो ।

संघका अनुसार स्वचालित मूल्यअनुसार हवाई ईन्धनको मूल्य बढेको छ । तर यसको असर हवाई उडानको भाडामा पनि पर्ने भएकाले प्रत्येक रुटमा ईन्घनको चार्ज बढेपछि भाडा पनि बढेको संघका प्रवक्ता योगराज कँडेलले जानकारी दिए ।

उनका अनुसार हवाई इन्धनको मूल्य बढेसँगै यसले भाडामा स्वतः असर पार्ने भएपछि इन्धनको मूल्य बढेको ४८ घण्टापछि हवाई भाडा पनि घटबढ हुनेगर्दछ । यो विषयमा नागरिक उडड्यन प्राधिकरणबाट स्वीकृत समेत लिएको संघले जानकारी दिएको छ । संघले हवाई भाडामा फ्युल चार्ज न्यूनतम १५ रुपैयाँदेखि ९० रुपैयाँसम्म बढाएको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo