धनगढीःडोटीको दिपायल सिलगढी नगरपालिका २ पुनेपाटाकी ३० वर्षीया मिना आउजी घरभित्र मृत अवस्थामा फेला परेको छ।
आज बिहान आउजी घरभित्र मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालयका डोटीले जानाएको छ । माइती पक्षले विगतमा श्रीमानश्रीमतीबीच वादविवाद भइरहने भएकाले हत्याको आशंका गरेका छन्। हत्याको आशंका उनका श्रीमान प्रकाश नागरिलाइ नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।