काठमाडौं । अभिनेता राजेश हमाल फिचर्ड रहेको गीत ‘हजुर मुसुक्कै’ एकदिनमै युट्युवको ट्रेन्डिङ्ग नम्बर ४ मा पुगेको छ ।
आइतबार सार्वजनिक भएको केहिसमयमै स्रोता-दर्शकको अत्यधिक माया पाएको उक्त गित युट्युवको ट्रेन्डिङ्गमा प्रवेश गरेको थियो । यो समाचार बनाउदासम्म ६ लाख ९४ हजारभन्दा बढी पटक भिडियो हेरीसकेका छन् ।
उक्त गितमा सुरेश अधिकारीको शब्द र संगीत रहेको गीतमा चर्चित गायिका रचना रिमाल र कृष्ण विकको स्वर रहेको छ । भने राजेश हमाल, निरुता सिंह, प्रियाना आचार्य, झकेन बीसी, सुरवीर पण्डित, प्रिन्सी विश्वकर्मा र सन्तोष मग्राती फिचर्ड रहेका छन् ।
म्युजिक भिडियोमा राजेश हमाल राजदरबारका राजा रहेका छन् । गितमा अन्तरजातीय प्रेम दर्शाएको छ । भिडियोले माया प्रेममा जातीय विभेद नहुने जातिय विभेद हटाउने सन्देश दिएको छ ।
म्युजिक भिडियो ओएसआर डिजिटलको युट्युव च्यानलबाट सार्वजनिक भएको छ ।
