KhabarUjyalo

बतास समूहलाई पशुपति धर्मशाला सञ्चालनमा रोक नलगाउन अल्पकालीन अन्तरिम आदेश

१ फाल्गुन २०७८, आईतवार
बतास समूहलाई पशुपति धर्मशाला सञ्चालनमा रोक नलगाउन अल्पकालीन अन्तरिम आदेश

काठमाण्डाै – उच्च अदालत पाटनले बतास समूहले सञ्चालन गरिरहेको पशुपति क्षेत्रको धर्मशाला सञ्चालनमा रोक नलगाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ । 

पशुपति क्षेत्रको धर्मशालाको सञ्चालन जिम्मा पाएको होटल आनन्द प्रालिसँग सम्झौता पर्यटन मन्त्री प्रेम आलेको निर्देशनमा रद्द भएपछि त्यसविरुद्ध उच्च अदालत पाटनमा रिट परेको थियो । होटल सञ्चालकले दायर गरेको रिटमा आज आइतवार सुनुवाइ गर्दै न्यायाधीश नरिश्वर भण्डारीको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिएर छलफलका लागि आउँदो ९ गते दुवै पक्षलाई बोलाएको छ । 

आदेशमा अन्तरिम आदेशको टुङ्गो नलाग्दासम्म सम्झौताअनुसार होटल आनन्द प्रालिको सञ्चालनमा कुनै बाधा, अवरोध सृजना नगर्नू/नगराउनू भनी विपक्षीहरूको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको उल्लेख छ । 

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo