KhabarUjyalo

प्रमोद खरेल र बाल गायिका रुक्साना लिम्बूको नयाँ गीत ‘नोगेन’ युट्युवको ट्रेन्डिङ १ मा !

२६ माघ २०७८, बुधबार
प्रमोद खरेल र बाल गायिका रुक्साना लिम्बूको नयाँ गीत ‘नोगेन’ युट्युवको ट्रेन्डिङ १ मा !

काठमाडौं । गायक प्रमोद खरेल र बाल गायिका रुक्साना लिम्बूको स्वरमा रेकर्ड गरिएको गीत ‘नोगेन’ युट्युव ट्रेन्डिङ १ मा परेको छ ।

सोमबार सार्वजनिक भएको प्रमोद र रुक्सानाको गीत ‘नोगेन’को म्युजिक भिडियो युट्युवको म्युजिक विधामा ट्रेन्डिङ एकमा परेको हो ।

उक्त भिडियो सोमबार सार्वजनिक भएको ३ घण्टामै ट्रेन्डिङमा परेको थियो । उक्त गित दुई दिन नपुग्दै १४ लाख भन्दा बढि पटक हेरिसकेको छ। गितमा शब्द संगीत महेश खड्काको रहेको छ । त्यस्तै भिडियोको फिचरिङमा स्वयम गायक प्रमोद खरेल र रुक्साना लिम्बूको रहेको छ ।

‘द भ्वइस अफ किड्स’मार्फत उदाएकी रुक्सानालाई उनकै कोच प्रमोद खरेलले युगल गीत गाउने अवसर दिएका हुन् ।

विशेषगरी लिम्बू भाषा ‘नोगेन’को अर्थ धन्यवाद हो । उक्त गीत मार्फत रुक्सानाले आफ्नो कोचलाई धन्यवाद भनेको अर्थ रहेको छ ।

त्यस्तै प्रमोदले पनि रुक्सानाप्रतिको स्नेह र भविष्यको निर्देशको प्रतिकको रुपमा गीतलाई प्रस्तुत गरिएको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo