धनगढी : धनगढीमा झण्डैै डेढ करोड लगानीमा ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’ संचालनमा आउदै छ । बाजुराका २७ बर्षिया युवा ललित थापा (सिरिश)ले केहि दिनमा झण्डैै डेढ करोड लगानीमा ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’ संचालनमा ल्याउने भएका हुन् ।
काठमाण्डौं,पोखरा,धरान,धनकृटा,चितवन,हेटौडासहित ५५ शाखा रहेको ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’को फ्रेन्चाइज युवा व्यवसायी थापाले सुदूरपश्चि प्रदेशमा पहिलो पटक धनगढीमा १ करोड ३५ लाख लगानीमा शाखा विस्तार गर्न लागेका छन् । बर्गर परिकारमा छृट्टै ब्राण्ड बनाउन सफल भएको ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’का संस्थापक फाउण्डर बसन्त लामा रहेका छन्

युवा व्यवसायी थापाले एक बर्ष अघि काठमाण्डौको तिनकुनेमा आफ्नै लगानिमा ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’ शाखा संचालनमा ल्याइ सकेका छन् भने शंकमुल दोभानमा बर्गर हाउसको शाखा खोल्ने अन्तिम चरणमा पुगेका छन् ।

यस्तै युवा व्यवसायी थापाले काठमाण्डौमा Syanko Katti Roll रेष्टुरेन्टको दुई शाखा पनि संचालन गर्दै आएका छन् । फाल्गुनको दास्रो हप्तामा धनगढीको मेन बजारमा बर्गरका पारखीहरुलाई मध्यनजर गर्दै पारिवारीक वातानुकुल सहितको सुदूरपश्चिम प्रदेशमा पहिलो पटक ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’को शाखा संचालन गर्न लागेको संचालक थापाले बताए ।

बिशेष परिकार बर्गर रहे पनि क्रन्ची फाई चिकेन,मःम,चाउमिन,ससेस लगायतका परिकार सस्तो र स्वादिष्ट र एकै पटक १ सय ४० जना ग्राहक क्षमता रहने संचालक थापाले जानकारी दिए । लगानि आफ्नो रहेपनि आन्तरिक डेकुरेसन,ग्राहकलाई दिइने सेवा सुबिधा कम्पनि कै अनुसार संचालन गरिन्छ । निःशुल्क होम डेलीभरीसहित धनगढीमा रहेका मध्यम होटल रेष्टुरेन्टमा हुने रेट नै रहने छ । बाहिरबाट हेर्दा ग्राहकले महँगो लागेपनि जो सुकैले पनि रेष्टुरेन्टमा आएर खाजा खान सक्ने गरि मेनु राखिएको उनले बताए ।
धनगढीमा संचालन हुन लागेको बर्गर हाउसमा २१ जनाले रोजगार पाउने छन् ।
