KhabarUjyalo

घटनास्थल नजिकै अभियुक्त दिनेश भट्टको बयान अनुसार भागरथीको घडी फेला !

६ फाल्गुन २०७७, बिहीबार
घटनास्थल नजिकै अभियुक्त दिनेश भट्टको बयान अनुसार भागरथीको घडी फेला !

बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या गरिएको घटनास्थल नजिकै भागरथीको घडी फेला परेको छ ।
अभियुक्त दिनेश भट्टको बयान अनुसार भागरथीको शव फेला परेको घटनास्थल नजिकै अभियुक्त भागरथी भट्टको घडी फेला परेको एक प्रहरी अधिकृतले जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय बैतडीमा बुधबार पत्रकार सम्मेलनमा सोही गाउँका १७ वर्षीय दिनेश भट्टलाई सार्वजनिक गरेको थियो ।

पत्रकार सम्मेलनमा बोल्दै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीले विभिन्न कोणबाट र अभियुक्तको सविती बयानका आधारमा दिनेश भट्टले भागरथी भट्टको हत्या गरेको बताएको थियो ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo