KhabarUjyalo

गाडीको ठक्करबाट बालकको मृत्यु भएपछि गाडी जलाए

६ फाल्गुन २०७७, बिहीबार
गाडीको ठक्करबाट बालकको मृत्यु भएपछि गाडी जलाए

सुर्खेत । कालिकोटमा गाडीको ठक्करबाट एक बालकको मृत्यु भएपछि स्थानीले ठक्कर दिने गाडी नै जलाइदिएका छन् ।

भे १ ज ११४९ नम्बरको गाडीले ठक्कर दिदा बुधबार साँझ रास्कोट नगरपालिका–७, सान्नीघाट बजारका तीन वर्षीय प्रेम सिम्खडाको मृत्यु भएको थियो । सिम्खडाको मृत्युपछि आक्रोशित स्थानीयले ठक्कर दिने गाडीनै जलाइदिएका हुन् ।

घटनास्थलमै बालकको मृत्यु भएपछि स्थानीले गाडीमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी चक्रबहादुर शाहले जानकारी दिए ।

डीएसपी शाहीका अनुसार घटनास्थलमा सुरक्षाकर्मी पुग्न ढिलाइ हुँदा आक्रोशित स्थानीयले गाडीमा नै आगजनी गरेका थिए

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo