Khabar Ujyalo

कञ्चनपुरमा एक होटलमा एक जना मृत अवस्थामा फेला

६ फाल्गुन २०७७, बिहीबार
कञ्चनपुरमा एक होटलमा एक जना मृत अवस्थामा फेला

धनगढी: कञ्चनपुरको महेन्द्रनगरमा एक होटलमा एक जना मृत अवस्थामा फेला परेका छन्।

बसपार्कस्थित शिगास दर्शन होटल एण्ड लजमा त्यही कार्यरत मजदुर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

मृत फेला पर्नेमा डोटी घर भएका अन्दाजी ६० वर्षीय दलबहादुर पार्की रहेको कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए।

उनकाअनुसार पार्की होटलको आफू सुत्ने कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।

उनको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको बताउँदै प्रहरी नायब उपरीक्षक थापाले घटनाबारे थप अनुसन्धान भइरहेको बताए। 

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.