महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा रहेको मन्त्र अस्पताल एण्ड रिसर्च सेन्टरले भलिबल खेलाडी र दर्शकलाई नि:शुल्क स्वास्थ्य सेवा गर्ने भएको छ ।
महेन्द्रनगरको खुला मञ्चमा आजदेखि शुरु भएको तेस्रो मुख्यमन्त्री पुरुष भलिबल प्रतियोगितामा मन्त्र अस्पतालले भलिबल खेलाडी र दर्शकलाई निःशुल्क प्राथमिक स्वास्थ्य सेवा प्रदान गर्ने भएको हो ।
मन्त्र अस्पतालका निर्देशक गोबिन्द रोकायाले समाजिक दायित्व अन्तरगत मुख्यमन्त्री पुरुष भलिबल प्रतियोगितामा खेलाडी एव दर्शकलाई अकस्मात् चोटपटक लागेपछि प्राथमिक उपचार सेवा प्रदान गरिरहेको बताए । निर्देशक डा। रोकायाका अनुसार देशैभरी भलिबलका खेलाडी, कोच सहितका आम दर्शकहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै अस्पतालका तर्फबाट निःशुल्क प्राथमिक उपचार सेवा दिइरहेको बताए ।
महेन्द्रनगरमा हुने खेल प्रतियोगितामा खेलाडीलाई लक्षित गरेर नि:शुल्क स्वास्थ्य सेवा गर्ने गरेको मन्त्र अस्पतालका निर्देशक रोकायाले बताए ।
अस्पतालले महेन्द्रनगरमा विशेषज्ञ सेवा दिदै आएको छ ।
