हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
सोमबार राती र भोलि सुदूरपश्चिम प्रदेशमा सामान्य बदली हुनेछ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।
देशका तराईका अधिकांश स्थानहरुमा हुस्सु/कुहिरो लागेको महाशाखाले नियमित बुलेटिनमार्फत् जानकारी दिएको छ।