KhabarUjyalo

मेयर हर्क साम्पाङ अब फिल्ममा !

१४ माघ २०८०, आईतवार
मेयर हर्क साम्पाङ अब फिल्ममा !

धरानका मेयर हर्क साम्पाङ फिल्ममा देखिने भएका छन्। उनी फिल्म ‘खजुरे ब्रो’ मा विशेष भूमिकामा देखिँदैछन्।

फिल्ममा उनको एक मिनेट लामो दृश्य छायांकन गरिएको निर्माण टिमले जानकारी दिए। ‘फिल्ममा उहाँको विशेष भूमिका छ,’ कार्यकारी निर्माता डायमण्ड उप्रेतीले भने।

फिल्मले धरानको संस्कृतिको प्रवर्द्धन गर्ने र ठूलो पर्दामा स्थानीय कला र रहनसहन झल्काउने निर्माण टिमको भनाइ छ।

सुरज सुनुवारले निर्देशन गरिरहेको फिल्ममा नवीन मानन्धर र सुरज सुनुवारको लगानी छ। कमेडी जनरामा बन्ने फिल्मको लेखक पनि निर्देशक सुनुवार नै हुन्।

डायमण्ड उप्रेती कार्यकारी निर्माता रहेको फिल्ममा शिशिर विसंखेको छायांकन, अनमोल गुरुङको संगीत रहेको छ। यो फिल्म अगामी वर्ष जेठमा प्रदर्शन गर्ने निर्माण टिमको योजना छ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo