KhabarUjyalo

आईसीसी १९ वर्ष मुनिको विश्वकप क्रिकेटमा इंग्ल्याण्ड र न्युजिल्याण्ड विजयी

१० माघ २०८०, बुधबार
आईसीसी १९ वर्ष मुनिको विश्वकप क्रिकेटमा इंग्ल्याण्ड र न्युजिल्याण्ड विजयी

काठमाण्डौ – आईसीसी १९ वर्ष मुनिको विश्वकप क्रिकेटमा इंग्ल्याण्डले दोस्रो जित निकालेको छ । दक्षिण अफ्रिकामा जारी प्रतियोगितामा घरेलु टोलीविरुद्ध २ सय ३१ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड वर्षाले खेल स्थगित भएपछि डीएल प्रणालीबाट विजयी भएको हो ।

इंग्ल्याण्डले लक्ष्य पछ्याउने क्रममा २८ ओभर ३ बलमा २ विकेट गुमाएर १ सय ३७ रन बनाएको थियो । त्यसपछि खेल नहुँदा इंग्ल्याण्ड डीएल मेथडमा ३६ रनले विजयी भयो । जितसँगै समूह बीमा इंग्ल्याण्ड ४ अङ्कसहित शीर्ष स्थानमा रहेको छ भने पहिलो हार व्यहोरेको दक्षिण अफ्रिका २ अङ्कका साथ दोस्रो स्थानमा छ । यसअघि पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ओभरको ४ बल बाँकी हुँदा सबै विकेट गुमाएर २३० रन बनाएको थियो ।

यस्तै हिजै भएको अर्काे खेलमा न्युजिल्याण्डले लगातार दोस्रो जित निकालेको छ । पहिलो खेलमा नेपाललाई पराजित गरेको न्युजिल्याण्डले देस्रो खेलमा अफगानिस्तानमाथि १ विकेटको रोमाञ्चक जित निकालेको हो । अफगानिस्तानले भने लगातार दोस्रो हार व्यहोरेको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले २१ ओभर ३ बलमा सबै विकेट गुमाएर जम्मा ९१ रन बनाएको थियो । ९२ रनको सामान्य लक्ष्य पच्छ्याएको न्युजिल्याण्डले २८ ओभर २ बलमा ९ विकेट गुमाएर खेल जितेको हो । १९ वर्ष मुनिको विश्वकपमा आज नेपालले पाकिस्तानसँग खेल्दैछ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo