KhabarUjyalo

कांग्रेसले गोदावरी नगरपालिकाको भवन उद्घाटन गर्न खोजेपछि एमालेद्वारा घेराउ

January 18, 2024
कांग्रेसले गोदावरी नगरपालिकाको भवन उद्घाटन गर्न खोजेपछि एमालेद्वारा घेराउ

धनगढी : कैलालीको गोदावरी नगरपालिकाको प्रशासनिक भवन उद्घाटनमा विवाद भएको छ ।

उद्घाटन गरेको नगरपालिकाको प्रशासकीय भवन कांग्रेसबाट निर्वाचित मेयर बिरेन्द्र भट्टले उद्घाटन गर्न थालेको भन्दै एमालेले बिरोध गरेको हो ।

२०७८ चैत १४ गते एमालेलेबाट निर्वाचित तत्कालीन मेयर हरिसिंह साउदले प्रशासनिक भवनको उद्घाटन गरेको थिए । सम्पन्न नहुदै भवन उद्घाटन गरेको भन्दै त्यतिबेला कांग्रेसले बिरोध गरेको थियो ।

नगरपालिकाको प्रशासकीय भवन सम्पन्न भएर नगरपालिकालाई निर्माण कम्पनीले अहिले हस्तान्तरण गरेकोले उद्घाटन गर्नु पाउनु पर्ने कांग्रेसबाट निर्वाचित मेयर बिरेन्द्र भट्टको दाबी रहेको छ ।

मेयर भट्टले बिहीबार उद्घाटन कार्यक्रम राखेपछि तनाव सिर्जना विवाद भएको हो।

नेकपा एमाले निकट नेता, कार्यकर्ताले आज बिहान नगरपालिका घेराउ गरेका छन् । नगरप्रमुख भट्ट भने भवन उद्घाटन गर्ने तयारी गरेका छन् ।

नगरपालिका परिसरमा सुरक्षाकर्मी खटिइएको छ ।

[TheChamp-FB-Comments]

भर्खर

All Rights Reserved © Khabar Ujyalo