KhabarUjyalo

सुदूरपश्चिम प्रादेशिक महोत्सवमा आज गायक प्रमोद खरेलको प्रस्तुती रहने

४ माघ २०८०, बिहीबार
सुदूरपश्चिम प्रादेशिक महोत्सवमा आज गायक प्रमोद खरेलको प्रस्तुती रहने

धनगढी । कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवमा आज गायक प्रमोद खरेलको प्रस्तुती रहने भएको छ ।

खरेल सुगम संगीत क्षेत्रका अब्बल गायक हुन । महोत्सवमा आज नै डेउडा गायक दिपेन्द्र दाहाल,अनुस्का भण्डारी,शेर कैनी र निर्मला भण्डारीको प्रस्तुती पनि रहने आयोजक अत्तरिया उद्योग वाणिज्य संघका कलासँस्कृति संयोजक रमेश भट्टराईका बताएका छन् ।

लामीताल परिसरमा जारी महोत्सवमा  डुङ्गाको व्यवस्था,बाल उद्यान, खानाका विभिन्न परिकारहरू,थारु सँस्कृति तथा परिकार सहितको थारु प्रर्दशनी मुख्य आकर्षणका रुपमा रहेका छन् । महोत्सव माघ ७ गते सम्म चल्ने छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo