KhabarUjyalo

माइतीघरमा डा. गोविन्द केसीको प्रदर्शन

३ माघ २०८०, बुधबार
माइतीघरमा डा. गोविन्द केसीको प्रदर्शन

काठमाडौँ । डा. गोविन्द केसी लगायतको टोलीले प्रदर्शन गरेका छन्। माइतीघरको निषेधाज्ञा फिर्ता गर्नुपर्नेसहितका माग गर्दै बुधबार डा. केसीलगायतका अन्य केही युवाले प्रदर्शन गरेका हुन्।

विगतमा भएका सहमति पालना गर्नुपर्ने, माइतीघरको निषेधित क्षेत्र हटाउनुपर्ने, संक्रमणकालीन न्याय प्रक्रिया तत्काल टुङ्गोमा पुर्‍याउनुपर्ने र चिकित्सा शिक्षा आयोगका निर्देशकहरूको नियुक्ति अगाडि बढाउनुपर्ने माग उनले अघि सारेका छन्।

आफूसँग यसअघि सरकारले गरेका सम्झौताहरू पनि कार्यान्वयन गर्न माग गरेका हुन्। सशस्त्र द्वन्द्व कालमा भएका जघन्य तथा मानवता विरोधी अपराधका दोषीहरूलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्याय प्रक्रिया शीघ्र टुङ्गोमा पुर्‍याउनु पर्ने लगायत उनको माग छ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo