KhabarUjyalo

सुदूरपश्चिम प्रादेशिक महोत्सवमा आज पल शाह र एलिना चौहानको प्रस्तुति रहने !

२ माघ २०८०, मंगलवार
सुदूरपश्चिम प्रादेशिक महोत्सवमा आज पल शाह र एलिना चौहानको प्रस्तुति रहने !

अत्तरिया : कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवमा आज लोकप्रिय अभिनेता पल शाह र गायिका एलिना चौहानको प्रस्तुति रहने भएको छ ।

आयोजक अत्तरिया उद्योग वाणिज्य संघका कलाकार संयोजक रमेश भट्टराईका अनुसार आज राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारको प्रस्तुति रहने जनाएका छन् ।

राष्ट्रिय कलाकारमा लोकप्रिय अभिनेता पल शाह र गायिका एलिना चौहानको प्रस्तुति रहने कलाकार संयोजक रमेश भट्टराईले जानकारी दिए ।

यस्तै महोत्सवमा स्थानीय कलाकारको पनि प्रस्तुति रहने संयोजक भट्टराईले जानकारी दिए ।

महोत्सव माघ ७ गतेसम्म अत्तरियाको लामीताल संचालन रहनेछ ।

 

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo